सर्लाही ४ मा गगन थापाको चुनावी रणनीति रास्वपा उम्मेद्वार अमरेश सिंह माथी भारी पर्न सक्ने

koseli24.com

सर्लाही ४ मा नेपाली कांग्रेस सभापति गगन थापाको आगमनले चुनावी गतिविधि तीव्र बनाएको छ। कांग्रेसको दबदबा रहेको क्षेत्र सुदृढ पार्दै थापाले आफ्ना समर्थक र स्थानीय नेताहरूको साथसहित चुनावी अभियान सुरु गरेका छन्। थापाले सर्लाही ४ का ५२ वडामा निर्वाचन परिचालन समिति गठन गरी पार्टीलाई सक्रिय बनाउने रणनीति लिएका छन्।

रास्वपा उम्मेदवार अमरेश सिंह, एमालेका अमनिश यादव, जसपा, नेकपा र जनमतका उम्मेदवारसँग प्रतिस्पर्धा भइरहे पनि थापाको व्यक्तिगत उपस्थितिले मतदाताको ध्यान खिचेको देखिन्छ। कार्यकर्ता र मतदातासँग प्रत्यक्ष संवादमा संलग्न थापाले स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रका समस्या टिपोट गरी समाधान खोज्ने योजना बनाएका छन्।

सर्लाही ४ मा जातीय प्रभाव र पूर्वसांसद शिवपुजन यादव परिवारको दबदबा चुनावी परिदृश्यलाई थप रोचक बनाएको छ। युवा मतदाता थापाको पृथक शैली र प्रभावकारी संवादमा आकर्षित देखिन्छन्, जबकि अमरेश सिंह र अन्य प्रतिद्वन्द्वीले मतदातामा आफ्नो आधार बलियो बनाउन सक्रिय छन्।

प्रतिक्रिया