रविले अहिले नो भनेपछि घर गएका सुधन राति फेरि हेडक्वाटर गएर ओली पक्रिए, अवस्था विग्रिपछि रवि भेट्न निवास पुगे सुधन
जेनजी आन्दोलनमाथि दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मुटु समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। उनको थप स्वास्थ्य परीक्षण भइरहेको छ। ओलीको गिरफ्तारीविरुद्ध एमाले निकट संगठनहरूले देशभर प्रदर्शन थालेका छन्। पार्टीले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेको छ।
गृहमन्त्री सुधन गुरुङले शुक्रबार मध्यरातमै ओली–लेखकलाई पक्राउ गर्ने तयारी गरेका थिए। तर सभापति रवि लामिछानेसँग सल्लाहपछि तत्कालीन निर्णय स्थगित गरिएको थियो। शनिबार बिहान भने उनीहरू पक्राउ परे। अहिले अवस्था जटिल बन्ने देखिएपछि उनी फेरि रविसँग परामर्श गर्न रवि निवास बुढानिलकण्ठ पुगेका छन् ।
१४ चैत २०८२, शनिवार ०९:२९ मा प्रकाशित