पछिल्लो २४ घण्टामा तेहरान र मध्य प्रान्तका विभिन्न सैन्य इलाकामा १५० भन्दा बढी हवाई आक्रमण

koseli24.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रमुख सैन्य र व्यापारिक केन्द्र खार्ग टापुमा पश्चिम एसियाको इतिहासकै शक्तिशाली बमबारी भएको बताएका छन्। उनले अमेरिकी सेनाले इरानको सैन्य क्षमता ध्वस्त पारेको र यदि इरानले हर्मज जलसन्धिमा अवरोध जारी राख्यो भने तेल कुवाहरू समेत नष्ट गरिदिने चेतावनी दिएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको परमाणु कार्यक्रम र ब्यालेस्टिक मिसाइल संयन्त्र लक्षित आक्रमणले इरानको शक्ति करिब ९० प्रतिशतले घटेको दाबी गरेका छन्। पछिल्लो २४ घण्टामा तेहरान र मध्य प्रान्तका विभिन्न सैन्य इलाकामा १५० भन्दा बढी हवाई आक्रमण भएका छन्।

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले आफ्ना पिता र अन्य कमाण्डरहरूको हत्या गरेको बदला लिने चेतावनी दिएका छन्। उनले इजरायलको हाइफा र बीरशेबा शहरका ऊर्जा केन्द्रहरूलाई निशाना बनाएर ड्रोन आक्रमण गरेको जानकारी दिएको छ।

यसैबीच, लेबनानमा पनि इजरायली आक्रमण तीव्र भएको छ, जहाँ गत २४ घण्टामा १२ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ।

प्रतिक्रिया