मधेशमा बढदो छोरी बुहारीको हत्या, किन हुदैन कठोर कार्वाही ?

koseli24.com

धनुषाको जनकपुरस्थित आफ्नै निवासमा एक महिलाको संकास्पद मृत्यु भएको छ। नगराइन नगरपालिका–२, जटही की २८ वर्षीया रोशनी झाको बिहीबार साँझ मृत्यु भएको हो।

रोशनी झा, पर्साही निवासी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (MoFAGA) मा कार्यरत प्रशासन अधिकृत प्रशान्त कुमार मिश्रकी पत्नी हुन्।

 परिवारका सदस्यहरूले दिएको विवरणअनुसार, रोशनीले साँझ ५:३० बजे आमासँग अन्तिम पटक फोनमा कुरा गरेकी थिइन्। उनले “ड्युटीबाट पति आउन लागेको” भन्दै चिया तयार गर्नुपरेको कारण फोन काटेको बताइएको छ।

एक घण्टापछि आमाले पुनः सम्पर्क गर्दा फोन  प्रशान्त मिश्रले उठाएका थिए। परिवारका अनुसार, उनले रोशनी अस्वस्थ भएको बताएका थिए।

रोशनीकी आमा जनकपुर निवास पुगेपछि घरमा रोशनी अचेत अवस्थामा रहेको र पति प्रशान्तको शरीरमा “नङका दागजस्ता चिन्ह” देखिएको दाबी गरेका छन्।

ससुराली पक्षले भने घटनालाई **“भर्याङबाट खसेर भएको दुर्घटना”**का रूपमा व्याख्या गरेको छ। तर भोलिपल्ट माइती पक्षलाई देखाइएको शवमा घाँटी वरिपरि दबाबका चिन्हजस्ता देखिने विवरण परिवारले सार्वजनिक गरेको छ।

माइती पक्षले शवको दाहसंस्कार छिटो र जानकारी बिना गरिएको भन्दै आपत्ति जनाएको छ। उनीहरूको भनाइमा, घटनाबारेका महत्त्वपूर्ण प्रमाण नष्ट गर्न हतारिएको हुनसक्ने आशंका

प्रतिक्रिया