उफ्री उफ्री मलाई गाली गर्नेहरु फेरि तिमिलाई भैया, मर्स्या, धोति भने हाम्रो ढोका खुल्ला नै रहनेछ - सिके राउत

koseli24.com

सिके राउत भन्छन,अहिले जवानीको उत्कर्षमा उफ्री उफ्री हामीलाई गाली गर्नेका नाममा..

जब तिमीलाई धोती भनेर हेप्नेछ,

जब तिमीलाई दोस्रो दर्जाका नागरिक मानिनेछ,

जब तिमीलाई भैया भनेर भगाउनेछ,

जब तिम्रा छोराछोरीलाई स्कूलमा कालेकाली भनेर जिस्काउनेछ,

जब तिमीलाई कार्यालयमा मर्स्या भनेर पाखा लगाउनेछ,

जब नेपाल प्रहरी र सेनाले इन्डियन भनेर बुटले हिर्काउनेछ,

जब जब तिम्रो नागरिकता खोजिनेछ,

जब जब तिम्रो राष्ट्रियतामाथि प्रश्न खडा गरिनेछ,

याद गर्नु,

हाम्रो ढोका खुला नै रहनेछ।

प्रतिक्रिया