बालेन र रविको एकताले उमेयर सुनिता डंगोलको चम्कियो भाग्य, मेयर बनेर हाक्ने भइन काठमाडौं महानगरपालिका

koseli24.com

बालेन र रविको एकताले उमेयर सुनिता डंगोलको चम्कियो भाग्य, मेयर बनेर हाक्ने भइन काठमाडौं महानगरपालिका 

नयाँ शक्ति निर्माणका लागि बालेन शाह र रवि लामिछानेबीच एकता हुँदा उपमेयर सुनिता डंगोलको भाग्य चम्किएको छ । भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा रास्वपा प्रवेश गर्दै प्रतिनिधिसभा सदस्यका लागि बालेन उम्मेदवार बन्ने निश्चित भएसँगै आगामी माग पहिलो हप्ता देखि कार्यवहाक मेयरको भुमिकामा रहेर उममेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिका हाक्ने भएकी हुन् । 

संघीय सांसदको उम्मेदवार बन्न स्थानीय वा प्रदेश सरकारको निर्वाचित प्रतिनिधि भएको खण्डमा उक्त पदबाट राजीनामा दिनुपर्ने व्यवस्था रहेको छ । सोही कारण संसदीय राजनीतिमा आउने निर्णय गर्दै भावी प्रधानमन्त्रीको रुपमा रास्वपा प्रवेश गर्न लागेका बालेनले उम्मेदवार बन्नु अघिनै मेयर पदबाट राजीनामा दिनुपर्ने हुन्छ । बालेनले मेयरबाट राजीनामा दिएपछि उममेयर सुनिता कार्यवहाक मेयर बन्दै काठमाडौं महानगरपालिका हाक्ने पक्का भएको हो । 

निर्वाचन आयोगले प्रत्यक्षतर्फको मनोनयको मिति माग ६ गतेसम्मका लागि तोकेको छ, जस अनुसार बालेनले राजीनामा माग ५ वा ६ गते नै दिएर उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया