डि पि अर्यालले बालेन नै प्रधानमन्त्री हुने भन्दै आफ्नो चिप्लेको बोली सच्याएका छन।

koseli24.com

बालेन संग चुनाव अगाडी प्रधानमन्त्री पद दिने भएको सम्झौता बारे डि पि अर्यालले आफुलाई सबै जानकारी नभएको बताउदा ऊनी  आलोचित हुन पुगेका थिए। रास्वपा पनि अरु दल जस्तै झुठो हुने बोलिमा ठेगान नभएको भन्ने शंका उब्जिएको बेला उनले आफ्नो बोली सच्याए। बालेन साह नै प्रधानमन्त्री हुने उनले बताए।

ऊनी भन्छन "मैले हिजो केही भनेको छैन, मैले के भनेको छु भने हामीसँग ७ बुँदामा हामीले सहमति गरेका छौँ। त्यो सातै बुँदा कण्ठ गरेर बस्नलाई म फेरि एकचोटी सात वर्षको उमेरमा फर्कनुपर्छ र म स्कुल पढ्नुपर्छ। त्यसकारणले मेरो काम नै कण्ठ गर्ने हुन्छ, अर्यालले अगाडि भने, ‘म देशको यत्रो ठूलो जिम्मेवारी सम्हाल्नमा हामी काम गर्न यत्रो जिम्मेवारीमा काम गरिरहेका छौँ। त्यसकारणले हामीले मैले हिजो भनेको त्यो हामीले जे सहमति गरेका छौँ त्यो सहमति अक्षरसः एक इन्च पनि दायाँबायाँ नगरिकन अक्षरसः पालना गर्नेछौँ।’

प्रतिक्रिया