मधेशलाई हेर्ने महेश बस्नेतको विभेदकारी, शंकुचित र अपमानजनक दृष्टिकोण,

koseli24.com

मधेशलाई हेर्ने महेश बस्नेतको विभेदकारी, शंकुचित र अपमानजनक दृष्टिकोण, 

सारा मधेशी समुदाय अहिले महेश बस्नेतको एक अपमानजनक शब्दले आक्रोशित बनेका छन। मैथिली भाषामा छौडा, छौरा भनेर पुरुष तन्नेरी युवालाई भनिन्छ। बालेन शाहले जनकपुरको सम्बोधनको क्रममा मधेशी छौरा भनेकोमा सारा समुदायलाई होच्याउने गरि सो शब्दलाई उनले छाउरा भनेर अपव्याख्या गरे। त्यति मात्र नभई पटक पटक उनले छाउरा भन्दै के हो ? भनेर अशोभनिय अमर्यादित व्यवहार देखाएकोमा सारा मधेशी समाज बिच उनी विवादको एक पात्र बनेका हुन। छौरा शब्दलाई छाउरा टिप्पणी गर्ने महेश बस्नेतलाई कार्वाही हुनुपर्ने माग समेत अगाडी बढेको छ।

केही दिन अगाडीको एक अन्तर्वार्तामा समेत उनले बालेनको घरमा शौचालय छ कि छैन भन्दै खिस्स हासेका थिए जसले बालेन समर्थक त्यतिबेला उनको यो भनाईको कडा विरोध गरेका थिए।

प्रतिक्रिया