नेपाली सेना दिवसको उपलक्ष्यमा काठमाडौँको खुल्लामञ्चमा अमेरिकी सेनाले ब्याण्ड बाजा बजाएर प्रस्तुति दिएको छ । यो भिडियो हेरेर बिदेशी सेना नेपाल आयो, अब देशलाई खतरा छ भन्दै गलत भ्रम फैल्याइएको छ ।
वास्तविकता के हो भने: हरेक वर्ष सैनिक दिवसको अवसरमा बेलायती सेना, अमेरिकी सेना र भारतीय सेनाका ब्याण्डहरूलाई औपचारिक ब्याण्ड प्रदर्शनका लागि निमन्त्रणा गर्ने परम्परा रहँदै आएको छ । यो कार्यक्रम नेपाली सेनाले कायम गर्दै आएको सैनिक सम्बन्ध र कूटनीतिक अभ्यास अन्तर्गतको एक सामान्य सांगीतिक प्रस्तुति मात्र हो ।
केही दिनअघि नेपाली सेनाले पनि भारतीय सेना दिवसको अवसरमा भारतमा आफ्नो ब्याण्ड प्रस्तुति दिएको थियो ।
४ फाल्गुण २०८२, सोमबार ०६:४७ मा प्रकाशित