सरकार असंवैधानिक बन्यो भन्ने नेकपा एमाले बाहेक अरु कुनै पार्टी छैन : के पि ओलि

koseli24.com

नेपाल कम्युनिस्ट पार्टी (एमाले) एघारौँ राष्ट्रिय महाधिवेशन प्रतिक चिन्ह (लोगो) सार्वजनिकीकरण कार्यक्रममा बोल्दै के पि ओलिले संसद फ्यालेर असंवैधानिक कृत्रिम सरकार बनाईएको र जसको विरोध गर्ने एकमात्र पार्टी नेकपा एमाले रहेको बताए। नेकपा एमाले कठिन परिस्थितिमै जन्मेको पार्टी रहेको बताउदै उनले नेकपा एमालेले कठोर राणाशासन, माओवादी कालको अराजकता पनि देखेको बताए।

जेनजी आन्दोलनमा नेताको घर देखाई देखाई आगो लगाईएको बारे समेत उनले आफ्नो आक्रोश पोखेका छन।  के पि ओलिले ललितपुरमा आयोजित सो कार्यक्रममा नेकपा एमाले मात्र एउटा पार्टी रहेको जसले गलत लाई गलत भन्न सक्छ भन्ने बताएका छन। जेनजी आन्दोलन पछि बनेको सरकार असंवैधानिक भएको कुरा उनले पटक पटक सो कार्यक्रममा दोहर्याएका थिए ।



प्रतिक्रिया