यसपालीको संसद यात्रा रोचक देखिएको छ। युवाहरुको विशाल समुहले भरिभराउ हुनेछ संसद।
अहिले चौतर्फी चर्चा छ त श्रम संस्कृती पार्टी बाट सांसद बनेकी २५ वर्षिय रुबिना ठाकुरको, बुवाआमाले इट्टाभट्टा र सैलुनमा कपाल का'ट्ने काम गर्दै छोरीलाई इन्जिनियरिङ पढाए । छोरी रुबिना कुमारी ठाकुर २५ वर्षको उमेरमै हर्क साम्पाङको श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद बनिन् । उनी भन्छिन्: मधेसमा दहेज, बालविवाहको समस्या छ । बेरोजगारीको समस्या पनि उत्तिकै छ । यिनै विषयलाई संसदमा उठाउने छु ।
३ चैत २०८२, मङ्गलबार १०:३४ मा प्रकाशित