कार्यकर्ताले तोडिदिए महेश बस्नेतको घमण्ड, महाधिवेशनमा भएको कुर्सी नै खाली !
महेश बस्नेतको २ लाख कार्यकर्ता महाधिवेशनमा उतार्ने गरेको दाबीले हावा खाएको छ । बोलाएको भए ५ लाख कार्यकर्ता आउँने भएपनि भक्तपुर सल्लाघारीमा ठाउँ सानो भएकोले गर्दा २ लाख कार्यकर्ता उतार्ने महेशले घोषणा गरेका थिए । तर, महाधिवेशनको उद्घाटन समारोहमा राखिएको कुर्सी खाली रहेको छ ।
विभिन्न ठाउँबाट सहभागि भएका नेता कार्यकर्ता बस्नका लागि राखिएको २० हजार कुर्सी समेत खाली भएसँगै कार्यकर्ताहरुले महाधिवेशन बहिस्कार गरेको चर्चा हुन थालेको छ । जम्माजम्मी १० देखि १५ हजार कार्यकर्ता पनि सहभागि भएको हुनसक्ने अनुमान गरिएको छ । विभिन्न सञ्चार माध्यामले सार्वजनिक गरेको तस्वीर र भिडियोमा समेत कार्यकर्ताको सहभागि न्यून रहेको बताइएको छ । तस्वीर भिडियोमा कुर्सीसँगै मैदान नै खाली देखिएको छ ।
जेनजी आन्दोलनमा सत्ताबाटै लखेटिएको एमालेलाई कार्यकर्ताले समेत साथ दिन छाडेका छन् । त्यस्तै महाधिवेशनमा सहभागि हुन निम्तो गरिएका शिर्ष पार्टीका नेता शेबहादुर देउवा र प्रचण्डसहित नेताहरुले समेत उद्घाटन समारोहमा आफू नभएर दोस्रो तहका नेताहरुलाई पठाएका थिए ।