बालेन शाह र रबि लामिछानेको रास्वपाले २/४ सिट पनि नजित्ने हर्क साम्पाङ्गले दाबी गरेका छन।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्गले बालेन शाह र रबि लामिछानेको पार्टी रास्वपाले २/४ सिट पनि नजित्ने दाबी गरेका छ्न । आफू झापामा एकचोटि गएर भाषण गरेपछि केपि ओलि र बालेन दुबै हार्ने उनले बताए।
सुर्खेतको एक कार्यक्रममा उनले रास्वपा भारतले बनाईदिएको पार्टी हो। भारतिय गाडी प्रयोग हुन्छ्न भनेर टिप्पणी गरेका छ्न। अगामी चुनाव पछि श्रम संस्कृति पार्टीले धेरै सिट जित्ने र आफू नै प्रधानमन्त्री हुने उनको भनाई छ।
१० माघ २०८२, शुक्रबार ११:२० मा प्रकाशित