भेनेजुएला, ईरान अशान्ति पछि क्युबा कब्जा गर्ने तयारीमा ट्रम्प,
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबामाथि ‘कब्जा गर्ने सम्मान’ पाउने दाबी गर्दै सनसनी फैलाएका छन्। अमेरिकाले लगाएको तेल नाकाबन्दीका कारण क्युबा पूर्ण अन्धकारमा डुबिरहेको बेला ट्रम्पको यस्तो कडा टिप्पणी आएको हो।
सोमबार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले क्युबा हाल ‘अत्यन्त कमजोर’ रहेको र आफूले त्यहाँ ‘जे चाह्यो त्यही’ गर्न सक्ने बताएका छन्। उनले भने, “म क्युबालाई मुक्त गरूँ वा कब्जा गरूँ—मैले जे चाह्यो त्यही गर्न सक्छु।”
न्यूयोर्क टाइम्सका अनुसार अमेरिकाले क्युबाका राष्ट्रपति मिगुएल डियाज–कानेललाई पदमुक्त गर्न दबाब दिइरहेको छ। भेनेजुएलाबाट हुने तेल आपूर्ति रोकेर क्युबाको विद्युत् प्रणाली ध्वस्त पारेपछि ट्रम्पले अहिले शासन परिवर्तनको रणनीति तीव्र बनाएका छन्।
३ चैत २०८२, मङ्गलबार ०८:२५ मा प्रकाशित