जापानको आत्मरक्षा बल (SDF) को लडाकु विमानमा चीनको सेनाले राडार प्रहार गरेको घटनाप्रति जापानी प्रधानमन्त्री सानाए ताकाइचीले 'अत्यन्तै दुःखद' भन्दै कडा आपत्ति जनाएकी छन्।
प्रधानमन्त्री ताकाइचीले शनिबार भएको यो घटनालाई विमानको सुरक्षित उडानको लागि आवश्यक दायरा नाघेको खतरनाक कार्य भनेकी छन्। यद्यपि, जापानी विमान र त्यसमा रहेका कर्मचारीहरूलाई कुनै क्षति भने भएको छैन।
यस विषयमा जापानले चीनसामु कडा विरोध दर्ता गराउँदै पुनरावृत्ति हुन नदिन गम्भीर माग गरेको छ। प्रधानमन्त्रीले चीनको सेनाको जापान वरपरको समुद्री र हवाई क्षेत्रमा हुने गतिविधिहरूलाई नजिकबाट नियाल्ने र सतर्कता तथा निगरानी कार्यहरूलाई पूर्ण रुपमा सुनिश्चित गर्ने विचार व्यक्त गरेकी छन्।
२३ मङ्सिर २०८२, सोमबार ०९:३६ मा प्रकाशित