ओलीको चेतावनी, देश ठप्प पार्ने संकेत, सरकार ढाल्न एमाले सडकमा उत्रने तयारीमा

koseli24.com

ओलीको चेतावनी, देश ठप्प पार्ने संकेत, सरकार ढाल्न एमाले सडकमा उत्रने तयारीमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध कडा चेतावनी दिएका छन्। उनले एमाले नेतृत्वमाथि भौतिक आक्रमण र जाली मुद्दा लगाउने प्रयास भइरहेको दाबी गर्दै यस्ता गतिविधि सह्य नहुने बताएका छन्। ओलीले एमाले नेतृत्वमाथि हात हाल्ने दिन देश ठप्प हुने स्पष्ट सन्देश दिएका छन्।

ओलीले वर्तमान सरकार ढल्ने दाबी गर्दै त्यसका लागि देशभरबाट तयारी हालतमा बस्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन्। उनका अनुसार एमालेमाथि कुनै पनि प्रकारको अन्याय भए देश बन्द, ठप्प र सरकारमाथि दबाब सिर्जना गरिनेछ।

उनले संसारमा केही महँगो पर्छ भने त्यो एमालेका लागि झनै महँगो पर्ने चेतावनी दिए। सरकार चुनावको होइन, षड्यन्त्रको तयारीमा लागेको आरोप लगाउँदै जनतासँग गरिएको सम्झौता तोडिएको बताए।

ओलीले सात दिनभित्र टोल टोलमा सुरक्षा समिति बनाउन निर्देशन दिँदै सरकारसँग भर नपर्न आग्रह गरे। यदि सरकारले सक्दैन भने निष्पक्ष चुनाव गराओस्, नत्र बाटो लाग्नुपर्ने चेतावनी समेत दिएका छन्।

एमाले नेतृत्वको यो अभिव्यक्तिले आगामी दिनमा राजनीति झनै तातिने संकेत देखिएको छ।

प्रतिक्रिया