कसैको झोला बोकिदिन्
कसैलाई ताली ठोकिदिन्
कसैको भाषण सुनिदिन्
कसैलाई बोक्नै नसक्ने माला उनिदिन्
कसैलाई नेता बनाईदिन्
कसैको जन्मोत्सव मनाईदिन्
कसैको जुलुसमा आईदिन्
कसैलाई जिन्दावाद लाईदिन्
कसैलाई भर्र्याङ् बनेर टावर चढाईदिन्
कसैको समारोहमा शोभा बढाईदिन्
कसैको मौन धारणमा उभिदिन्
कसैको चाकरी गरिदिन्
कसैको कार्यक्रमको हल भरिदिन्
कसैलाई विदेशमा लगेर उपचार गरिदिन्
र
कसैलाई मालिक बनाउनका लागि मरिदिन्
जन्मिएका हैनौ हामी ! अर्जुन पराजुली
१४ मङ्सिर २०८२, शनिवार १२:२० मा प्रकाशित