मधेश प्रदेशमा थपिए दुई मन्त्री ।

koseli24.com

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री यादवको सिफारिसमा नियुक्त भएका दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

लोसपाबाट प्रदेश सांसद रानी तिवारी शिक्षा तथा संस्कृति मन्त्री र नेपाली कम्युनिस्ट पार्टीका जवाहर कुशवाहा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री भई सम्हाले मन्त्रालयको जिम्मेवारी ।

प्रतिक्रिया