खान सर भन्छन, विश्व लडेको बेला मौका यहि हो भारतले पाकिस्तान माथी हमला गरिहाल्नु पर्छ।

koseli24.com

खान सर भन्छन, विश्व लडेको बेला मौका यहि हो भारतले पाकिस्तान माथी हमला गरिहाल्नु पर्छ।

खान सर भारतिय मिडिया क्षेत्रको एक प्रसिद्ध नाम हो। अनलाईन तथा भौतिक कक्षा संचालन गरेर सस्तोमा शिक्षा दिदै आएका खान सरले खाडी मुलुक लगायत विश्व एक प्रकारको युद्धमा रहेको हुदा तत्कालै भारतले पनि पाकिस्तान माथी आक्रमण गरेर काश्मिर कब्जा गर्न भारत सरकार लाई आग्रह गरेका छन।

भारत पाकिस्तानको युद्धमा पाकिस्तानलाई कुनै समय ईरानले समर्थन गरेको कारण भारतियहरु ईरानलाई मित्र राष्ट्रको रुपमा नहेर्ने गरेको विषयलाई उनले गलत ठहर्याएका छन। काश्मिर भारतको हुनुपर्छ भनेर ५७ मुस्लिम राष्ट्र मध्ये ईरानले मात्र स्पष्ट रुपमा संयुक्त राष्ट्रसभामा अडान लिएको हुदा ईरान भारतको मित्र हो उनले बताए। जतिबेला ईरानले पाकिस्तानलाई समर्थन गरेका थिए त्यतिबेला ईरानमा राजशाही थियो। राजशाही अमेरिकाको कठपुतली सरकार थियो त्यसैले अमेरिकाको ईसारामा पाकिस्तानलाई भारत - पाकिस्तान युद्धमा समर्थन गरेका थिए। ईरानमा राजशाही समाप्ती संगै भारत संग घनिष्ट मित्रता निभाउदै आएको उनले बताए।

सारा विश्व मुल्यवृद्धिले पिडित रहेको  तथा खाडीमा युद्ध चलेको भयावह अवस्था छ। अमेरिका, ईजरायल, ईरान, रुस र युक्रेन सबै युद्धमा लागेकोले यहि उपयुक्त समय रहेको हुदा भारतले पाकिस्तानमाथि आक्रमण गरेर सारा काश्मिर कब्जा गर्नुपर्ने भनी उनले मोदि सरकारलाई आग्रह गरेका छन।


प्रतिक्रिया