भारतबाट अबैधरुपमा नेपाल प्रवेश गर्न खोज्ने एक दर्जन टाङ्गामा सवार १०० जति रोहिङ्याहरुलाई पुनः नेपालका स्थानीयहरुले विरगंजबाट भारत नै फिर्ता पठाएका छन। भारत सरकारले अबैध रुपमा भारतमा बसोबास गर्नेहरुलाई देश निकाला गर्ने क्रम अगाडी बढाएकोले रोहिङ्या तथा बङ्लादेशीहरु खुल्ला सिमाको कारण नेपाल छिर्ने क्रम बढदो छ।
स्थानीयहरुले प्राप्त गरेको सुचनाको आधारमा नगवा भन्ने ठाउबाट तिनिहरुलाई समातेर विरगंज भन्सार हुदै तिनीहरुलाई फिर्ता पठाएका हुन। तिनिहरुसङ्ग न त भारतिय परिचय खुल्ने कागजात थियो न त हिन्दी भाषा नै राम्ररी बोल्न सकिरहेका थिए। सिमा सुरक्षा जिम्मेवारी पाएका सशस्त्र प्रहरीहरु शंकास्पद व्यक्ति लागे पनि परिचयपत्र नखोज्ने सोधखोज नगरेको कारण अवैध घुसपैठियाको संख्या बढदै गएको देखिन्छ।
अवैध घुसपैठिया रोक्न नेपालले के गर्नुपर्छ ?
नेपाल तिन तिरबाट भारतले घेरिएको छ। भारत सरकार अवैध बसोबास गर्ने बङ्गलादेशी तथा रोहिङ्याहरु प्रति कठोर बनेको छ जसको कारण खुल्ला सिमाले गर्दा तिनिहरुको अवैध नेपाल छिर्ने क्रम बढन गएको छ। यसलाई नियन्त्रण गर्न नेपाल सरकारले देहायका कामहरु अबिलम्ब सुचारु गर्ने पर्ने देखिन्छ।
हरेक भारतिय सिमा सङ्ग जोडिएको जिल्ला तथा अन्य नजिकको जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयको अगुवाईमा अबैध घुसपैठिया खोजपडताल बढाउने, खोजपडतालमा भेटिएकालाई पुनः फिर्ता पठाउने, नेपाल भारत सिमा क्षेत्रमा आवातजावत गर्ने भारतिय तथा नेपालीहरुलाई समेत अनिवार्य परिचयपत्र बोक्न आदेश गर्ने, अबैध शंका लागेकाहरुसङ्ग परिचयपत्र माग गर्ने, स्थानीय तहहरुलाई अबैध घुसपैठियाहरुको शंका लागे जिल्ला प्रशासन कार्यालयलाई तुरन्त जानकारी गराउन पत्राचार गर्ने,
सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीबललाई थप जवाफदेहिता बहन गर्न लगाउने तथा अबैध रुपमा प्रवेश गर्ने झुण्डहरुलाई रोक्ने छानबिन गर्ने लगायतको आदेश दिनुपर्ने देखिन्छ। भारत सरकारले अबैध रुपमा बसेकाहरुलाई निकाल्ने क्रम बढैसङ्गै ति अबैध रुपमा बसोबास गर्नेहरुले नेपाललाई फोहरको थुप्रो बनाउने सम्भावना व्यापक रहेको देखिन्छ।