खोला किनारमा घर बनाएका तथा कबाडी काम गर्नेहरु त्रसित रहेको भन्दै नेकपा एमालेका अध्यक्ष के. पि. ओलिले बालेन उम्मेद्वार मात्र हुन आएको नतर्सिनुपर्ने बताएका छन। बालेनको घर अगाडीको बाटो आफुले बनाईदिएको उनले बताए।
आफ्नो बक्तव्य राख्दै गर्दा ओलि बालेन बाट केहि भयभित रहेको स्पष्ट देखिन्थे। केही जनताले एकपल्ट नयालाई भोट दिएर देख्ने मनशाय बनाएको बताउदै उनले त्यसो नगर्न सुझाए। यो ठाउबाट बालेनलाई के मतलब ? बालेनको घर कसैले देखेको छ ? भन्दै बालेन उम्मेद्वार मात्र बन्न आएको चुनाव आफुले नै जित्ने दाबी ओलिले गरेका हुन।
९ माघ २०८२, बिहिबार ११:०१ मा प्रकाशित