नेपाली काङ्ग्रेसले अगामी पुस २६ देखि २८ गत्ते सम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ।

koseli24.com

नेपाली कांग्रेसले डेढ महिना लामो छलफलपछि आगामी पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ। चुनावअघि महाधिवेशन सम्भव छैन भन्दै विरोध जनाउँदै आएका नेताहरू पनि अन्ततः सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको छलफलपछि सहमत भएका छन्।

पूर्वउपसभापति विमलेन्द्र निधिले महाधिवेशनको निर्णय सर्वसम्मत भएकाले अब "हुन्छ कि हुँदैन" भन्ने विवाद गर्ने ठाउँ नरहेको बताए। उनले आफू सभापति पदका लागि उठ्ने तयारीमा रहेको बताए।

निधिका अनुसार शशांक कोइराला, प्रकाशमान सिंहसहित विभिन्न नेताहरू मिलेर बनाइएको समूह अहिले करिब ९० जनामा विस्तार भइसकेको छ। देउवाको समर्थन सबै नेता खोजिरहेको र व्यक्तिकेन्द्रित राजनीति बढेको आरोप पनि उनले लगाए।

विशेष महाधिवेशनको संभावनाबारे प्रश्नमा निधिले केन्द्रीय समितिले नियमित महाधिवेशनको कार्यतालिका पारित गरिसकेकाले विशेष महाधिवेशनको औचित्य नै सकिएको बताए।

प्रतिक्रिया