श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्गलाई एक प्रश्न आयो ? के पि ओलि लगातार झापा बाट उम्मेदवारी दिदै आउनुभएको छ यसबारे के भन्नुहुन्छ ? उहाको जवाफ आयो यो उनिहरुको आन्तरिक विषय हो त्यसपछि केही भनेनन बरु सरासर निस्के ? उहीँ हर्क साम्पाङ्ग रास्वपा र बालेन साहको हरेक मंचमा विरोध गर्न अधिक समय खर्चिन्छन । चश्मा बलाको श्रीमति पनि भोट माग्दै छ भन्दै बालेन पत्नीको समेत मंचबाट विरोध गरे।
यतिबेला प्रश्न अधिक उठने गरेको छ कि जसले नेपालमा अधिक समय शासन गरे ती पार्टी र नेताको विरोधमा खासै किन अगाडी देखा पर्दैनन साम्पाङ्ग? विश्लेषकका अनुसार उनी आफ्नो प्रतिद्वन्द्वी रास्व्पा नै भएको मान्दै आएका छन ? बालेन र रबि को सभामा हुने भिड पनि उनलाई रुचेको छैन। उनी मात्र नभई नेपालको ठुला दलका नेताहरुले समेत रास्वपा र बालेन रबिको विरोधमा तल्लिन देखिन्छन। यस अगाडिको चुनावमा नेकपा एमाले, काङ्ग्रेस , माओवादी र मधेस केन्द्रित दलका नेताहरु एक अर्काको विरोध गर्दै आएकोमा अहिले सबैले रास्वपालाई नै टारगेट बनाएको देखिन्छ। साम्पाङ्ग पनि रास्वपाको अधिक चर्चाले ठुला दल भन्दा रास्व्पा आफ्नो प्रतिद्वन्दी ठानी हरेक मंचमा विरोधमा उत्रेको देखिन्छ।