सप्तरी : सि.के. राउत, उपेन्द्र यादव र मधेश प्रदेश पुर्वमुख्यमन्त्री सतिस सिंह सम्मको उम्मेदवारी
सप्तरीको ४ निर्वाचन क्षेत्रमा मधेशवादी ठुला नेताहरुले उम्मेदवारी दर्ता गराउदै छन भने केहि नेताले दर्ता समेत गराईसकेका छन । सप्तरी क्षेत्र न. ३ बाट उपेन्द्र यादवले उम्मेदवारी दिदैछन। उहाले विगतको चुनावमा चुनावी खर्च नबुझाएको कारण अनलाईनमा उहाको नाममा समस्या देखाएको हुदा, तत्कालै सो खर्च विवरण बुझाई नामावली दर्ता प्रकृया बढाईने भएको छ।
जनमत पार्टिका अध्यक्ष सिके राउतले सप्तरी क्षेत्र न. २ बाट पुनः उम्मेदवारी दिदै छन। यसअघि उपेन्द्र यादवलाई क्षेत्र न.२ बाट पराजित गरेर सिके राउत निर्वाचित भएका थिए। सप्तरी क्षेत्र न. २ मा जनमत बाट नै मधेशका मुख्यमन्त्री बनेका सत्तिश सिंहले स्वभिमान दलबाट सिके राउत सङ्गै भिडदै छन। जसपा बाट उमेश यादवले उम्मेदवारी दिने भएका छन।
सप्तरी क्षेत्र न. १ बाट जनमत पार्टिका जयकान्त राउतले उम्मेदवारी दिदैछन भने रास्वपा बाट क्षेत्र नं. १ – पुष्पा चौधरी, क्षेत्र नं. २ – रामजी यादव, क्षेत्र नं. ३ – अमरकान्त चौधरी, क्षेत्र नं. ४ – सीताराम शाहले उम्मेदवारी दिदै छन।