अफगानिस्तानमा तालिबान सरकारले ९० पानाको नया कानुन लागू गरेको छ । जसअन्तर्गत महिला तथा बालबालिकालाई हात खुट्टा नभाच्ने गरि तथा घाउ नहुने गरि कुटपिट गर्न मिल्ने बताएको छ। यदि कुटपिट गर्दा हातखुट्टा भाचेमा अधिकतम १५ दिनको जेल सजाय हुनेछ । पत्नी र छोराछोरीले अदालतमा उजुरी गरेमा र उजुरी प्रमाणित भएमा मात्र सजाय मिल्नेछ। यो कानुन प्रति मानव अधिकारकर्मी तथा अन्तरास्ट्रिय समुदायले चिन्ता व्यक्त गरेका छन। यसले महिला घरेलु हिंसा बढने तथा बाल उत्पीडन मानसिक समस्या बढने आकलन गरिएको छ।
कुनैबेला सन १९७० तिर अफगानिस्तानका महिला कलेजहरुमा प्रोफेसर हुने गरेको खुल्ला रुपमा शिक्षा हासिल गर्ने गरेको तस्बिर
अहिले महिलाहरुले आफ्नो श्रीमानको आदेश बिना घरबाहिर आफन्त सङ्ग भेटघाट गर्न जान नमिल्ने, शिक्षादिक्षामा पनि रोकटोक हुने अवस्था छ। सजाय पनि तालिबान सरकारमा वर्ग अनुसार फरक फरक हुने कानुन बनेको छ, जसअनुसार ठुला वर्गलाई सजायमा नसिहत दिने, मध्यम वर्गलाई सजाय मिल्ने, तथा निम्न वर्गलाई कानुनी सजाय साथसाथै शारीरिक दण्ड समेत दिईनेछ।