काठमाडौं आएर हर्क साम्पाङले भने– रवि बाहेक अरुलाई प्रधानमन्त्री बन्न मै दिन्न
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नव निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले रवि लामिछाने बाहेक अरु प्रधानमन्त्री बन्ने म्याण्डेड नै रहेको बताएका छन् । अरु प्रधानमन्त्री बने आफूहरू सरकारमा नजाने स्पष्ट पारेका छन् । उनले आफू म्यान्डेट अनुसार आएको बताए । उनले भने, ‘जनताले हामीलाई प्रतिपक्षमा बसेर प्रश्न गर्ने म्यान्डेट दिएकोले म्यान्डेट अनुसार काम गर्नेछौँ ।’
उनले रास्वपाबाट बालेन नभई रवि लामिछाने प्रधानमन्त्री बन्नुपर्ने कुरा आज पनि दोहोर्याए । सकेसम्मको भाँजो नै हाल्छु । सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले प्रतिपक्षले उठाएको प्रश्नको उत्तर दिन सक्ने मानिस मात्रै प्रधानमन्त्री हुनुपर्ने बताए । उनले भने ‘प्रतिपक्षीले सोधेको प्रश्नको उत्तर समय दिएर दिनुपर्छ ।’
१० चैत २०८२, मङ्गलबार ०७:२३ मा प्रकाशित