काङ्ग्रेस सभापति गगन थापा लेख्छन,
पंचायती सत्ताको भयले सत्यलाई दबाउन खोजिएको समय, गणतंत्रको आवाज बनेर उभिनु भएको नाम हो - शहीद दुर्गानन्द झा। नागरिक अधिकार, पहिचान र न्यायको प्रश्न उठाएको कारण आजकै दिन फांसी दिइयो।
उहाँको शहादत केवल एक व्यक्तिको अन्त्य होइन, यो मौनता विरुद्धको प्रतिरोध थियो, र गणतांत्रिक चेतनाको अमिट दस्तावेज।
आज उहाँको शहादत दिवसमा निडर विचार, असहमति र लोकतान्त्रिक साहसका प्रतीक शहीद दुर्गानन्द झाप्रति हार्दिक श्रद्धांजलि।
१६ माघ २०८२, बिहिबार १०:५१ मा प्रकाशित