धादिङ १ कि उम्मेद्वार आशिका तामाङको घरदैलौ अनुभव
उनी लेख्छिन,
म घरदैलो गर्दै हिँड्दा धेरै पटक आफैँलाई सम्हाल्न गाह्रो पर्यो। कुनै घरमा आमा–बुबा रोइरहनु हुन्छ, आफ्ना दुख–पीडा सुनाउँदै। कुनै घरमा भाइ–बहिनीहरू अँगालो हालेर फोटो खिच्न खोज्छन्। कुनै घरमा शब्दभन्दा भारी मौन हुन्छ, आँसु आफैँ बोल्छ। म त्यहाँ नेता भएर होइन, आफ्नै छोरी–दिदी भएर पुगेकी छु भन्ने महसुस भयो।यो माया मागेर आएको होइन। यो विश्वास किनेर बनाएको पनि होइन। यो त वर्षौँदेखि जम्मा भएको पीडाको भरोसा रहेछ। घर–घरमा फूलमाला भन्दा ठूलो स्वागत भेट्दै छु
“हाम्रो कुरा सुनिदेउ” भन्ने आग्रह।“हाम्रो पीडा बोकिदेउ” भन्ने आशा।मलाई थाहा छ, यी आँसुहरूको ऋण हलुका हुँदैन।यसैले म वाचा होइन, जिम्मेवारी बोकेर अघि बढ्दै छु।तपाईंहरूको आवाज दबिन नदिने अडानसहित। मैले घरदैलोमा देखेको कुरा स्पष्ट छ। जनता अब बोल्ने नेता होइन, बुझ्ने मान्छे खोज्दैछन्।र त्यो विश्वासले मलाई अझ गह्रो तर सही बाटोमा उभ्याएको छ ।