आफू प्रधानमन्त्री भएपछि अहिलेको गृहमन्त्री र आईजिपी संग स्पष्टीकरण सोध्छु : हर्क साम्पाङ्ग
हर्क साम्पाङ्गले अहिलेको सरकारले बालेनलाई प्रहरी सुरक्षा दिएको र आफुलाई नदिएको भन्दै आफ्नो सरकार आएपछि अहिलेको गृहमन्त्री र आईजिपी लाई स्पष्टीकरण सोध्ने बताएका छन।
चर्चा हर्क साम्पाङ्गले गरेको २२ जना आफन्त र कार्यकर्ताको ठाडो नियुक्तिको,
हर्क साम्पाङ्ग जो अरुलाई जतिबेला नि आरोप प्रत्यारोप गर्न व्यस्त देखिन्छ्न अहिले आफै विरोधका पात्र बनेका छन। उनले खानेपानी संस्थानमा आफ्नो २२ जना आफन्त र कार्यकर्तालाई आफू मेयर भएको समय देखि ठाडो आदेशमा नियुक्ती दिएको आरोपमा विवादित बनेका हुन। हर्क साम्पाङ्गको आलोचना भएपछि उनले श्रमदान गर्नेहरुलाई नै खटाएको बताउदै विरोध नाजायज रहेको बताए ।
पैसा लिएर पनि श्रमदान हुन्छ त ? पैसा लिएर रोजगार गर्ने हो, पैसा लिएर श्रम को दान हुन्न भन्दै विपक्षीहरुले उनको भनाईको पुनः प्रतिवाद गरेका छन ।