उर्जामन्त्री कुलमान घिसिगं र अर्थमन्त्री रामेश्वर खनालले चुनाव खर्चको लागि ५ अर्ब घोटला गर्दै : महेश बस्नेत

koseli24.com

बिजुलीको आन्तरिक खपत वृद्धि नभएको, भारतीय बजार सुनिश्चित नभएको, रन अफ दि रिभर आयोजनाको अनुपात बढन गई उर्जा सुरक्षामा जोखिम बढेको, सुख्खायाममा बिजुलीको अभाव र बर्षायाममा बिजुली खेर जाने अवस्था सिर्जना भएको र विद्युत प्राधिकरणको वित्तीय अवस्था ठीक नभएकोले ‘टेक अर पे’ मा पिपिए नगर्ने व्यवस्था बजेट वक्तव्य मार्फत अघिल्लो सरकारले गरेको महेश बस्नेतले लेखेका छन।

अहिले प्रवर्धकहरूसॅग प्रति मेगावाट १० लाख उठाउने गरी कुलमान र रामेश्वर खनालको डिजाइनमा ५ हजार मेगावाटको टेक अर पे पिपिए गर्ने प्रस्ताव अर्थ मन्त्रालयको सहमतिमा मन्त्रिपरिषदबाट स्वीकृत गराउने तयारी  रहेको महेश बस्नेतले आरोप लगाएका छन।

करीब ५ अर्ब अर्थ संकलन र चुनावी खर्च जोहो गर्ने र यो काम सकेपछि   मन्त्रीबाट राजीनामा गर्ने कुलमानको योजना रहेको र सो निर्णयबाट विद्युत प्राधिकरण टाट पल्टने निश्चित भएको उनको आरोप छ।

प्रतिक्रिया