भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले दुई दिने भारत भ्रमणमा आएका रुसी राष्ट्रपति पुटिनलाई रुसी भाषामा अनुवादित गिता उपहार दिएका छन।
दुई दिने भारत भ्रमणमा आएका राष्ट्रपति पुटिनलाई लिन प्रधानमन्त्री स्वयम् विमानस्थल पुगेका थिए। प्रधानमन्त्री निवास सम्म पुटिनलाई मोदिले आफ्नै गाडिमा साथै लगेका थिए। जुन तस्बिरको विश्वव्यापी चर्चा छ। यसले दुई राष्ट्र बिचको मधुर समन्धलाई ईङ्गित गरेको छ।
राष्ट्रपति पुटिन र मोदिको भेटमा दुई राष्ट्र बिच विभिन्न सम्झौताहरु हुने भनिएको छ । अगामी ५ वर्षमा कारोबार १५० अरब डलर सम्म पुर्याईने तथा भारतिय र रुसि मुद्रामै कारोबार गर्ने लगायत विषयमा समेत छलफल हुनेछ।
२० मङ्सिर २०८२, शुक्रबार ०९:५९ मा प्रकाशित