भारत अमेरिका सम्बन्ध सुध्रिदै, ट्रम्पले भारत माथिको ट्यारिफ कम गरेर १८ प्रतिशत मा झारे

koseli24.com

भारत र अमेरिका बिच सम्बन्ध सुधारिने मनशायमा ट्रम्प देखिन्छन।  भारतिय प्रधानमन्त्री मोदि र अमेरिकी राष्ट्रपती ट्रम्प बिच भएको फोनवार्तामा अमेरिकाले लगाएको २५% ट्यारिफ घटाएर १८% मा झार्ने बताईएको छ। भारत र युरोप बिच भएको व्यपार सम्झौता तथा विश्वका अधिकाश राष्ट्र जो अमेरिकाको कुनै बेला सहयोगी रहेका थिए ति राष्ट्रहरुको सम्बन्ध पनि बिग्रेको देखिन्छ। युरोपियन युनियन, क्यानाडा र डेनमार्क चीन रुस जस्ता देश सङ्गको सम्बन्ध झनै बिग्रेको अवस्थामा ट्र्म्पले भारत सङ्ग सम्बन्ध सुधार्न पहल गरेका हुन।

भारतिय प्रधानमन्त्री मोदिले आफ्नो सामाजिक सन्जाल ह्याण्डल बाट ट्र्म्प सङ्ग कुरा भएको र तिनले ट्यारिफ घटाएको बताएका हुन। अमेरिकी राष्ट्रपति ट्रम्पले पनि सामाजिक सन्जाल ह्याण्डल बाट ट्यारिफ घटाएको बताए । भारतले अब रुस बाट तेल खरिद कम गर्ने समेत बताए।

प्रतिक्रिया