श्रीमान्-श्रीमतीसहित एकै घरका तीनजना एकैपटक शाखा अधिकृत !
लोकसेवा आयोगले प्रकाशित गरेको शाखा अधिकृतको नतिजामा श्रीमान् श्रीमतीले नै नाम निकालेका छन् ।
शनिबार प्रकाशित नतिजाअनुसार सोलुखुम्बु जिल्ला महाकुलुङ-३ स्थायी ठेगाना भएका श्रीमान् एकराज कुलुङ र श्रीमती मनिषा राई शाखा अधिकृतका लागि सिफारिस भएका हुन् ।
त्यसैगरी एकराजका सहोदर भाई बालकुमार कुलुङले पनि शाखा अधिकृतमा नाम निकालेका छन् । उनले आदिवासी जनजातीतर्फ ५ नम्बरमा नाम निकालेका छन् ।
लोकसेवा आयोगका अनुसार मनिषाले महिलातर्फ पहिलो नम्बरमा नाम निकालेकी हुन् भने एकराजले आदिवासी जनजातीतर्फ ७ नम्बरमा नाम निकालेका हुन् ।
दुर्गाबहादुर कुलुङ र मनीकुमारीका २ छोरासहित बुहारी एकैपटक शाखा अधिकृत भएपछि गाउँबासी नै खुशी भएका छन् ।
२३ मङ्सिर २०८२, सोमबार १२:५७ मा प्रकाशित