मन्दिर अगाडि नै चर्च बनाउने भएपछि, हर्क साम्पाङ्ग माथी लागेको ईसाई मिशेनरी आरोपको नालीबेली,
विजयपुर दरबार आसपासको क्षेत्रमा बुढासुब्बा र पिण्डेश्वर मन्दिरको 'राडार' क्षेत्रमा रहेको गोपाल मन्दिरको इतिहास करिब ९० वर्ष पुरानो हो । हिन्दुसँगै किराती आस्थाको क्षेत्रको रूपमा प्रचारित विजयपुर क्षेत्रमा बालगोपाल मन्दिर अगाडी नै चर्च बन्ने भएपछि धार्मिक लफडा सुरु भएको थियो।
धर्मगुरु श्रीनिवासले विरोध गरेपछि झन उग्र बन्यो । ईसाई र हिन्दु पक्षबिच छलफल चल्यो, संविधानको हावाला दिदै चर्च बनाउने पक्ष पछाडी हटन मानेन। मेयर हर्क साम्पाङ्गले यो विषय अदालतको भएको भन्दै आफू पन्छिए, जबकी रुख काट्ने आदेश पालिकाबाट नै भएर निर्माण कार्य अगाडी बढेको देखिन्थ्यो। वडा अध्यक्षका अनुसार रुख काटेर आवासिय भवन निर्माण गर्ने कुरा थियो तर मन्दिर अगाडि नै एकाएक चर्च बन्न थालेको देख्दा बुढासुब्बा पिण्डेश्वर क्षेत्रका हिन्दु र किराँत धर्मावलम्बीहरु आक्रोशित बनेका थिए ।
हर्क साम्पाङ्गको पोष्टले भडकाएको द्वन्द,
धार्मिक विवाद बढदै जादा हर्क साम्पाङ्गको फेसबुक पोष्टको कुरा पनि अगाडि आयो जहाँ तिनले लक्ष्मीपुजा गर्नु भन्दा श्रम गर्नु भनी लेखेका थिए तर केही समय पछि कार्यकक्षमै ईसाई समूह सङ्ग कृसमश को बेला केक काटेको फोटोहरु बाहिरिएपछी उनी झन विवादमा तानिए। हिन्दु पर्वको बेला, नमनाउनु श्रम गर्नु भन्नेले कृसमस को बेला कार्यकक्षमै केक काटेको भनी उनी माथी ईसाई मिसेनरीको आरोप लागेको थियो।