खनिज सम्पन्न राष्ट्रहरुमा ट्रम्पको कुदृष्टि, युक्रेन सँगको खनिज सम्झौता पछि ४.२ बिलियन डलरको तेल वेनेजुएलाबाट अमेरिका भित्र्याउदै,

koseli24.com

खनिज सम्पन्न राष्ट्रहरुमा ट्रम्पको कुदृष्टि, युक्रेन सँगको खनिज सम्झौता पछि ४.२ बिलियन डलरको तेल वेनेजुएलाबाट अमेरिका भित्र्याउदै,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले  वेनेजुएला बाट 50 मिलियन बैरल तेल ल्याउन सुरु गरेको बताए, जसको मूल्य ४.२ बिलियन अमेरिकी डलर रहेको छ। 


 ट्रम्पले वेनेजुएलामा आक्रमण गरि राष्ट्रपतिलाई बन्धक बनाई अमेरिकी ल्याउनुको प्रमुख कारण तेल नै रहेको बताईन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मादुरोले लागु औशध कारोबार गरेको कारण बताई अपहरण शैलिमा अमेरिका ल्याएका थिए। अमेरिकी कोर्टमा उनिबारेको मुद्दामा सुनुवाई पनि सुरु भएको छ। 

विश्वको खनिज सम्पन्न राष्ट्रहरुमा ट्रम्पको कुदृष्टी रहेको देखिन्छ। यसअघि पनि ट्रम्पले रुस - युक्रेन युद्धमा युक्रेनलाई सहयोग गरेको फलस्वरूप युक्रेनी खनिज हत्याउने एक सम्झौता गरे। वेनेजुएलामा तेल मात्र नभई अन्य महत्वपुर्ण खनिजहरु समेत रहेको हुदा उनले राष्ट्रपतिलाई अगुवा मात्र गर्ने नभई आफुलाई स्वघोशित वेनेजुएलाको राष्ट्रपति समेत घोषणा गरेका छन।

प्रतिक्रिया