बालेनप्रति झुकावको कारण भ्रष्टाचार र कुशासन, जो वर्तमान राजनेता बाट संरक्षित छ।

koseli24.com

बालेनको नजर भ्रष्टाचार नियन्त्रणमा, आफ्नो कार्यकर्ता संग भ्रष्टाचार नियन्त्रण बारे गरे छलफल,

रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री उम्मेद्वार बालेन साह आफ्ना नेता कार्यकर्ता सङ्गको भेटमा पहिले त भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्दै थिए। त्यतिकैमा रास्वपाका एक नेताले बालेन जि तपाईं एकचोटि नुवाकोट आईदिनुपर्छ भनेर सुनाए। बालेन पनि आफू आउने र नुवाकोटको बालेन तपाईं नै हो भनेर मुस्कुराउदै जवाफ फर्काए।

कुरा चल्दै गर्दा मकवानपुर २ का रास्वपा कार्यकर्ता  प्रशान्त उप्रेती सङ्ग गफिन्छन । मकवानपुरको समस्या बारे बालेन सोध्छन। प्रशान्तको जवाफ आउँछ, त्यहाको मुख्य समस्या त भुमी समबन्धी, सुकुम्बासी समस्या नै हो। यसरी नै छलफल अगाडि बढछ।

काठमाडौ महानगरपालिकाको प्रमुख रहदा पनि बालेन भ्रष्टाचार प्रति कठोर नै थिए। युवाहरु बालेनप्रति झुकाव राख्नुको कारण देशमा वर्तमान समयमा बढदै गरेको भ्रष्टाचार र कुशासन नै हो जो वर्तमान राजनितीकर्मी बाट संरक्षित छ। 

प्रतिक्रिया