झापा ५ वासीले घण्टिमा भोट किन दिएको भन्दै रबि रत्न चुडाल (हरि चुडाल) ले झापावासीलाई सामाजिक संजाल बाट जथाभावी गालीग्लौज गरेका थिए। झापावासी हरुलाई विकास नपचेको भन्दै अभद्र गालीग्लौजमा उतरेका चुडालमाथी मुद्दा दर्ता भयो ।
प्रहरी टोलि उनलाई पक्राउ गर्न निजको निवास पुग्दा उनले ढोका खोल्न मानेनन। प्रहरीले एकतर्फबाट ढोका खोल्नुस भन्दा घरभित्रबाट म ढोका खोल्दिन " मेरो ज्यानको असुरक्षा छ" घण्टेको सरकार आएको छ तिमीहरूलाई जे जे मन लाग्छ गर भन्दै जवाफ फर्काए। चुडालले आफ्नो चिनजान प्रहरी प्रमुखका व्यक्तिहरु संग रहेको "खोइ उहाहरुको फोन आएको " भन्दै अटेर गरेका थिए।
२९ फाल्गुण २०८२, शुक्रबार १०:१८ मा प्रकाशित