शोनी मिश्रा । सलमान खानले होस्ट गर्दै आएको एक बहुचर्चित शो बिग बौस बाट अशनुर कौरलाई घर बाहिर निकालेका छन । एक टास्क संचालनको क्रममा बिग बोस शो कै कम उमेरकी उम्मेदवार अशनुर कौरले आफ्नो हातमा रहेको काठले तान्या मित्तललाई जानिबुझी हानेकी थिईन सोही घटनाको कारण सलमान खानले उनलाई घरबाहिर निकालेका हुन।
बिग बौस एक निक्कै विवादित शो रहदै आएको छ। सलामान खानले समेत आफ्नो शो को बारेमा चिन्ता जाहिर गरेका छन। सलमान खानको भनाई थियो कि यश शो को बारेमा मान्छेहरु झगडा नै गर्नुपर्छ भनेर मानसिकता बनाएका छन जबकी हरेक वर्ष झगडा गर्ने भन्दा राम्रो र स्पष्ट व्यवहार देखाउने व्यक्तिले नै शो जित्दै आएको छ।
१४ मङ्सिर २०८२, शनिवार १०:०३ मा प्रकाशित