मधेशमा बालेन क्रेज, सिके राउत र उपेन्द्र यादवको दललाई धक्का लाग्ने सम्भावना,

koseli24.com
मधेशमा बालेन क्रेज, सिके राउत र उपेन्द्र यादवको दललाई धक्का लाग्ने सम्भावना, 


मधेश प्रदेशको राजधानी जनकपुरबाट रास्वापाले फुकेको बिगुलमा विशाल भिड देखियो। जनकपुरकै कार्यक्रमबाट रास्वपा प्रवेश गरेका अमरेश कुमार सिंहले बालेन प्रधानमन्त्री नबने आफू जनकपुरमै आएर आत्मदाह सम्म गर्ने बताए।


मधेशमा युवाहरुको जुन चासो र पहल बालेन रबि प्रति देखिएको छ । त्यस्तै झुकाव एक समयमा उपेन्द्र यादव प्रति र त्यसपछि सिके राउत प्रति देखिएको थियो । आउदो चुनावमा बालेन मजबुत भएर आउने पक्का पक्की जनझुकावले देखाएको कारण सिके राउत र उपेन्द्र यादवको पार्टीलाई मधेशमा धक्का लाग्ने आकलन  गरिएको छ।


रास्वपाको जनकपुरको कार्यक्रममा मनिष झा, पुरुषोत्तम यादव, सुदन गुरुङ्ग, अमरेश सिंह , पार्टी सभापति रबि लामिछाने र वरिष्ठ   नेता बालेन साह लगायतको भाषणले जनकपुर मात्र नभई सारा मधेश रास्वपामय बनेको देखायो। कार्यक्रममा मैथिलीमा बोल्दै बालेन साहले मधेशीको छोरा प्रधानमन्त्री बन्दै छ भनेर नभई राम्रो मान्छेहरु राजनितिमा आउदैछन भनेर भोट दिन आग्रह गरे।

प्रतिक्रिया