बलियुड अभिनेता राजपाल यादवले आफैले लिएको ऋण तिर्न नसकेपछि चेक बाउन्सको मुद्दामा आत्मसमर्पण गर्न तिहाड जेल पुगेका छन। राजपालले आफैले निर्देशन गरेको फिल्म अतापता लापताको लागि ५ करोड ऋण लिएका थिए । उनको फिल्म फल्प भएपछि चेक बाउन्स मुद्दामा उनी फसेका हुन।
सोनु सुदले राजपालको लागि सहयोगको हात बढाएका छन। ५ करोड प्रकरणको कर्जा ९ करोड भएपछि तिहाड जेल पुगेका उनले आफुलाई कोहि साथी भाईले सहयोग नगरेको दुखेसो पोखे लगत्तै सोनु सुदले उनलाई एक फिल्ममा अनुबन्धन र पैसा अग्रिम सहयोग गरे। त्यस्तै जेम्स टुन म्युजिकका मालिक राव ईन्द्रजीत सिंह यादवले पनि राजपाललाई १ करोड ११ लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
२९ माघ २०८२, बुधबार १०:१९ मा प्रकाशित