सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा राजनीतिक विवादका क्रममा तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुला टोलका ३२ वर्षीय लाल देव रायलाई कुटपिट गरेको आरोपमा सोहि ठाँउका ६० वर्षीय किसन राय, ४५ वर्षीय रामकुमार राय र ४२ वर्षीय रामबाबु रायविरुद्ध फागुन ६ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्।
पीडित रायका अनुसार ०८२ फागुन ५ गते दिउँसो करिब १२ बजे उमेश रायले आफ्नो घरमा बोलाई स्वाभिमान पार्टीलाई समर्थन गर्न आग्रह गरेका थिए। आफू रास्वपाको समर्थक भएको बताउँदै ‘जय घण्टी’को नारा लगाए लगत्तै आरोपितहरु स्वाभिमान पार्टीका समर्थकहरूले मुक्का, लात्ती तथा हातखुट्टाले निर्घात कुटपिट गरेको उनले बताए । कुटपिटबाट घाइते भएका रायको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान गरिने प्रहरीले बताएको छ।
९ फाल्गुण २०८२, शनिवार ११:२० मा प्रकाशित