मतगणनाले देखायो कर्णालीले रुचाएन रास्वपा, कर्णाली भरिमा १ ठाउमा मात्र अग्रता,

koseli24.com

मतगणनाले देखायो कर्णालीले रुचाएन रास्वपा, कर्णाली भरिमा १ ठाउमा मात्र अग्रता,

कर्णालीको १० जिल्लाको मतगणनालाई हेर्दा रास्वपा पार्टिलाई रुचाईएको देखिदैन। विश्लेषण सुरु गरौ सुर्खेत बाट, सुर्खेत २ बाहेक सबै ठाउमा रास्वपा उम्मेद्वार पछाडी परेका छन।

देशभरी हाबी रहेको रास्वपा कर्णालीमा भने हाबी हुन सकेनन, कर्णालीमा अधिक स्थानमा नेपाली कम्युनिस्ट पार्टी त्यसपछी मात्र नेपाली काङ्ग्रेस र नेकपा एमाले रहेका छन।

सुर्खेत १ मा नेपाली काङ्ग्रेसका बिष्णुबहादुर खडका १७७३३ मतले अग्र स्थानमा छन। सुर्खेत २ मा मात्र रास्वपा उम्मेद्वार न १६५५० मत सहित रमेश कुमार सापकोटा अग्र स्थानमा छन। त्यस्तै दैलेख १ मा नेपाली काग्रेस कि बासना थापा २ मा लक्ष्मीप्रसाद पोखरेल नेकपा एमालेका अग्र स्थानमा छन। जाजरकोटमा नेपाली काङ्रेशका खडकबहादुर बुढा अग्रस्थानमा छन। कालिकोटमा नेपाली कम्युनिस्ट पार्टिका महेन्द्र बहादुर शाही अग्रस्थानमा छन। हुम्लामा दिपेन्द्र रोकाया नेपाली कम्युनिस्ट पार्टिका अग्र स्थानमा छन। पुर्ण बहादुर रोकाया मुगुमा  नेकपा एमाले बाट अग्रस्थानमा छन। जुम्ला बाट राष्ट्रिय प्रजातन्त्र पार्टिका ज्ञानेन्द्र बहादुर शाही अग्र स्थानमा छन। डोल्पामा धनबहादुर बुढा नेपाली कम्युनिस्ट पार्टी बाट अग्र स्थानमा छन। सल्यानमा नेपाली कम्युनिस्ट पार्टिका रमेश कुमार मल्ल अग्र स्थानमा छन। रुकुम पश्चिम १ मा नेपाली कम्युनिस्ट पार्टिका गोपाल शर्मा अग्र स्थानमा छन।


प्रतिक्रिया