स्ट्रेट अफ हर्मुज बाट ईरानले सहज निस्किन दियो भारतिय जहाज, ग्यास बढदो आभावमा राहत हुने,
अमेरिका ईजरायल र ईरानको बढदो युद्ध स्थितिको बिच भारतिय जहाजलाई ईरानले स्ट्रेट अफ हर्मुज बाट सुरक्षित निस्किन दिएको छ। भारत संग आफ्नो राम्रो सम्बन्ध रहेको र भारत ईरानको ईन्धन खरिदार लामो समय देखि रहदै आएकोले भारतलाई ईन्धन आयात सहयोगको लागि सहज गरिदिने ईरानको राजदुतले केही दिन अगाडी भारतमा जानकारी दिए लगतै भारतिय जहाजलाई सहज निकाश दिईएको खबर छ।
नेपालले भारत संग नै ईन्धन खरिद गर्दै आएकोले नेपाललाई पनि सहज हुनेछ। भारत सरकारको अनुसार भारत संग स्ट्क मौज्दात रहेकोले तत्कालै समस्या उत्पन्न नहुने जानकारी जनतमाझ गराएका छन।
३० फाल्गुण २०८२, शनिवार ०७:०३ मा प्रकाशित