जेनजी आन्दोलनको क्रममा भएको घटना जाचबुझ आयोग समक्ष तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले अटेरी देखाएको भन्दै जाचबुझ आयोगले प्रहरी परिचालन गरेर बयान लिने तयारी गरेको छ।
करिब तीन महिनाको लागि गठित सो समितिको म्याद पुस ५ मै सकिदै छ। समितीको म्याद छोटो समयको लागि मात्र बाँकी रहेकोमा बयान समेत सकिएको छैन। जेनजीको आन्दोलनमा ज्यान गुमाएका युवाहरुले अझै न्याय पाएको देखिदैन। जाचबुझ आयोगले बयान कार्य हालसम्म नसकेपनि ओलि र तत्कालीन गृहमन्त्री लेखक लगायतको वैदेशिक यात्रा रोक्का र उपत्यका बाहिर जान नपाउने बताएको छ।
२५ मङ्सिर २०८२, बुधबार ०६:५० मा प्रकाशित