बंगलादेश पाकिस्तान क्रिकेट खेल विवाद बिच नेपाली खेलाडी आसिफको चौतर्फी चर्चा,

koseli24.com

बंगलादेश र पाकिस्तानबीचको दोस्रो ओडिआईमा भएको एक रनआउटले फेरि ‘स्पिरिट अफ क्रिकेट’ अर्थात् खेलभावनाबारे ब'हस सुरु गराएको छ। शुक्रबार भएको खेलमा पाकिस्तानका सलमान अली आघा रनआउट भएपछि वि'वाद चर्कि'एको हो।


इनिङको ३९औँ ओभरमा रिजवानले बलर मेहदी हसन मिराजतर्फ हल्का प्र’हा'र गरेका थिए। नन–स्ट्राइकर एन्डमा रहेका आघा क्रिजभन्दा बाहिर थिए। र, बल उनको खुट्टानजिक अड्कियो।

आघाले बल उठाएर मिराजलाई दिन खोज्दा मिराजले स्टम्पमा बल हा’ने। आघा क्रिज बाहिर भएकाले उनी रन'आउट भए। नियमअनुसार यो आउट भए पनि धेरैले यसलाई खेलभा'वनासँग जोडेर मिराजको आ'लो’चना गरेका छन्।


यो दृश्यपछि नेपाली क्रिकेटर आसिफ शेखको उदाहरण पनि फेरि चर्चामा आएको छ। उनले सन् २०२२ मा आयरल्याण्डसँगको खेलमा एन्डी म्याकबर्नी लडेको अवस्थामा आसिफले रनआउट नगरेर उत्कृष्ट खेलभावना देखाएका थिए। त्यही दृश्यका कारण उनले आइसिसीको प्रतिष्ठित ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ जिते। र, यस्तो अवार्ड जित्ने उनी पहिलो नेपाली खेलाडी बने।


शुक्रबार मिराज र आघाको घट’नापछि सामाजिक सञ्जालमा धेरैले आसिफको उदाहरण दिँदै ‘क्रिकेट नियमले मात्र होइन, खेलभावनाले पनि चल्छ’ भन्ने टि'प्पणी गरिरहेका छन्।

प्रतिक्रिया