नेपालको संविधान पुनर्लेखन गर्नुपर्छ, ७ वटा प्रदेश कुनै हालतमा मिलेको छैन :उपेन्द्र यादव

koseli24.com

नेपालको संविधान पुनर्लेखन गर्नुपर्छ, ७ वटा प्रदेश कुनै हालतमा मिलेको छैन :उपेन्द्र यादव 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले  नेपालको संविधान  पुनर्लेखन हुनुपर्ने बताए।  अहिलेको सात वटा प्रदेश कुनै पनि हालतमा नमिलेको र उच्चस्तरीय राज्य पुनर्संरचना आयोगले देखाए अनुसार १०+१ प्रदेश बरु उपयुक्त हुने उनले बताए। अहिलेको प्रदेश संख्या आग्रह पुर्वाग्रह आधारमा भएको उनको भनाई थियो।

अहिले बनेको प्रदेशले पनि पुर्ण अधिकार नपाएको देखिन्छ। प्रदेशले पाउने प्रहरी र कर्मचारी अहिलेसम्म नपाएको , संघ, प्रदेश र स्थानीयको हकअधिकारमा विभेद रहेको तथा नागरिकले पाउने शिक्षा, स्वास्थ्य र रोजगारमा समेत पहुँच स्थापित हुन नसकेकोले वर्तमान संविधान पुनर्लेखन वा संशोधन हुनुपर्ने नेता उपेन्द्र यादवको भनाई रहेको छ।

प्रतिक्रिया