नेपाली क्रिकेटको विश्वव्यापी चर्चा, भारतिय नागरिक भन्छन IPL टिममा नेपाली खेलाडी समेटिनुपर्छ।

koseli24.com

भारतिय विश्लेषकका अनुसार नेपाल र ईङ्गल्याण्ड बिचको खेलमा नेपाललाई ईङ्गल्याण्डले हलुका रुपमा लिएका थिए। टस जितेको ईङ्गल्याण्डले ब्याटिङ रोज्नुको एक कारण नेपालको खेललाई हलुका ठानेर नेपाल विरुद्ध ३०० सम्म रन बनाउनु लक्ष्य थियो। तर खेल सुरुवातको केही समय पछि दबाबमा परेको ईङ्गल्याण्ड जितको लागि अन्तिम बलसम्म खेल्नुपर्यो । विन प्रेडिकटरले नेपालको जितको सम्भावना समेत देखायो।

इङ्गल्याण्डका विस्फोटक व्याटर जोश बटलर भन्छन्: ‘मेरो क्रिकेट करियरमा नेपालसँगको खेलजति हारको डर मैले यसअघि कहिल्यै महसुस गरेको थिइनँ। नेपालजस्तो कागजमा सानो देखिने टोलीले पनि हामीलाई यति गहिरो चुनौती दिन सक्छ भन्ने कुरा यो खेलले प्रमाणित गर्‍यो। 

नेपालले उत्कृष्ट प्रदर्शन गरेको खेलको  भारत मा मात्र नभई विश्वव्यापी चर्चा भयो। भारतिय सञ्चार माध्यममा छ्यापछ्याप्ती छापिएको नेपालको खेलको तारिफ र नेपाली समर्थकहरुको भव्य उपस्थितीको चर्चा भयो। भनिन्छ कि नेपाली समर्थकहरु यति विशाल संख्यामा थिए कि हरेक बलको हुटिङ्गमा खेल मुम्बई मा नभई नेपालमा संचालन भएको भान दिन्थ्यो । नेपालको खेलको कारण आम भारतियहरु नेपाली खेलाडीलाई आईपिएलमा समेटनुपर्ने आवाज उठाएका छन। 

नेपाली खेलाडीहरुको खेल राम्रो रहेको र खेलाडीहरुले प्रती म्याच ५ हजार देखि १० हजार नेपाली सम्म मात्र पाउने गरेको खबर सामाचारहरुमा बाहिरिएपछी भारतिय नागरिकहरुले नेपाली खेलाडीलाई IPL खेलाउनुपर्ने धारणा राखेका छन ।

प्रतिक्रिया