मधेशी नेता जयप्रकाश गुप्तालाई कार्वाही, पहाडीमुलका नेता रबि लामिछानेलाई सफाई

koseli24.com

कुनैबेला मधेशी मुलका नेता जयप्रकाश गुप्तालाई राजनितिक जिवन नै समाप्त हुने गरि कार्वाही गरियो । तर ठुलो संख्यामा सर्वसाधारण ठगिएको रबि लामिछाने प्रकरणमा उनलाई सफाई दिन वर्तमान सरकारले चालेको कदमको व्यापक आलोचना सुरु भएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा प्रकरणमा सरकारले नाटक मञ्चन गरेको आरोप लगाएका छन्।

अध्यक्ष ओलीले मंगलबार काठमाडौंमा आयोजित ४२ औं पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै, सरकारले कहिले मुद्दा लगाउने र कहिले फिर्ता लिएर कुनै व्यक्तिलाई चुनावमा ‘हिरो’ बनाउन खोजेको बताएका हुन्।

नागरिकलाई हेर्ने राज्यको फरक आँखाले विभेद दर्साउछ। दोषिलाई कार्वाही हुनुपर्ने नेता ओलिको भनाई थियो।

प्रतिक्रिया